दफा ३२
विज्ञ वा दक्षको सेवा लिन सक्ने
(१) आयोगले सम्पादन गर्नु पर्ने परीक्षा सम्बन्धी कामको लागि सम्बन्धित विषयको विज्ञ, दक्ष वा विशिष्टीकृत निकायको सेवा लिन सक्नेछ ।
(२) उपदफा (१) बमोजिम सेवा लिने प्रयोजनको लागि विज्ञ, दक्ष वा विशिष्टीकृत निकायको मनोनयन वा छनौट अध्यक्षले गर्नेछ ।
(३) उपदफा (१) बमोजिम सेवा लिए बापत सम्बन्धित विज्ञ, दक्ष वा निकायलाई आयोगले निर्धारण गरे बमोजिमको रकम, सुविधा वा सेवाशुल्क दिइनेछ ।